The Bridge Nepal - Quarantined Ballad
धेरै भयो नबुझेको
ति आँखाहरूको भाव
संगै भए आउने थियो
यो जीवनमा साँस
टाढा भएपनि संगाल्दै छु ति याद
समय र घडि हेरि मिलन होला भन्ने आश
हराएको होइन म
अन्धकारलाई छिचोल्दै छु म
आशालाई नमारि देउ
लिनलाई आउने छु म
तिमीलाई, तिमीलाई
हराएको होइन म
अन्धकारलाई छिचोल्दै छु म
आशालाई नमारि देउ
लिनलाई आउने छु म
तिमीलाई, तिमीलाई
चिसो हुँदै गयो अब
न्यानो अंगालोको ताप
संगै भए आउने थियो
यो जीवनमा साँस
टाढा भएपनि संगाल्दै छु यो आँट
समय र घडि हेरि मिलन होला भन्ने आश।
Written by:
Rohit Bomzan
Publisher:
Lyrics © O/B/O DistroKid
Lyrics powered by Lyric Find