Ankit Raj Kafle - Kati Din

अल्झियो जिवन यो स-साना कुरामा
सपना अझै छन् आँखाका कुनामा
बद्लिने मौसम, यो नरुक्ने समय
पहिल्याउन खोज्दै छु जीवनलाई अहिले

कति दिन, कति रात, कति मास बिति गए
चलायमान छ संसार म किन रुकि रहेँ ?
कति घाम र पानी, ऋतु सब जिस्कि गए
म चाहि एकान्तमै किन लुकी रहेँ

मन भन्छ अब त नगर अबेर
हौसला बटुल्दै भाग्यरेखा केर
छुन देऊ हावाले, मनलाई सरर
उड्न देउ आफुलाई बादलझैँ फरर

कति दिन, कति रात, कति मास बिति गए
चलायमान छ संसार म किन रुकि रहेँ ?
कति घाम र पानी, ऋतु सब जिस्कि गए
म चाहि एकान्तमै किन लुकी रहेँ

Written by:
Ankit Kafle

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

Ankit Raj Kafle

View Profile
Kati Din - Single Kati Din - Single