The Bridge Nepal - Rangin Chhaya

आँखामा मेरो हाँसो तिम्रो
हाँसोमा तिम्रो मुस्कान मेरो
मुस्कुराउदा तिमी खुसियाली छायो
खुसियालीसंगै वसन्त आयो

माया नै देउ माया नै फर्काइ दिन्छु म
छाँयालाई रंगीन बनाई दिन्छु म
आशा देउ, बाचा देउ, मलाई

निदमा मेरो सपना तिम्रो
सपनीमा मेरो प्रतिक्षा तिम्रो
पर्खाइमा मेरो विश्वास तिम्रो
विश्वासमा रहने संसार हाम्रो

हिजो-आज, आज-भोली भन्दै गन्दै दिन
ढुकढुकी बढि रहेछ यो मनमा झन
हात देउ, साथ देउ, मलाई

आशा देउ, बाचा देउ
हात देउ, साथ देउ, मलाई

Written by:
Nawaraj Neupane, Prashant Maharjan

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Bridge Nepal

View Profile