The Bridge Nepal - Aghi Badhi

आँखा भरि अनेकौ सपनालाई सजाई राखि
मन भरि लुकेको वेदनालाई बोकी सँधै अघि बढि
समयलाई नियाली सफलतालाई पाउनु छ केहि गरि
खुसियाली बाँडेर सबैको ओठमा हाँसो छरि

अघि बढे रोक्ने छैन मेरा कदमहरू
पञ्छाइ दिए बाधाहरू
बिझेका ति काँडाहरू
बगि रहनेछु म खोला सरि अजम्बरी
अटूट बाहाव बनि
सागरलाई छुने गरि

बाफ सरि उडि जाने रहरहरू
संगाली शीतल बादल बन्ने छु
झरी बनि धर्तीमा बर्सिने छु
मौसम वसन्तको ल्याउने छु

मन भरि खुसि उमङ्ग र ओठमा हाँसो बोकि
पुरा भए कति सपनाहरू बाँकि छन् कति, अझै पनि
साथ दिने हातहरूलाई पनि साथै राखि
तीता मीठा यादहरू अनि सम्झना बोकी

अघि बढे रोक्ने छैन मेरा कदमहरू
पञ्छाइ दिए बाधाहरू
बिझेका ति काँडाहरू
बगि रहनेछु म खोला सरि अजम्बरी
अटूट बाहाव बनि
सागरलाई छुने गरि

बाफ सरि उडि जाने रहरहरू
संगाली शीतल बादल बन्ने छु
झरी बनि धर्तीमा बर्सिने छु
मौसम वसन्तको ल्याउने छु

संगाली शीतल बादल बन्ने छु
मौसम वसन्तको ल्याउने छु।

Written by:
Nawaraj Neupane, Prashant Maharjan, Rohit Bomzan, Shakeel Tuladhar

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Bridge Nepal

View Profile