The Bridge Nepal - Yaad Garidinu

कति नै समय छ र
यो कथा सुनाउनलाई
थाहा भए सुनाई दिनु
अँध्यारो संगैको त्यो चिसो मनमा
उज्यालो दिन बनि दिनु

याद बनि दिनु
साथ बसि दिनु

हारेको त्यो मनमा
जितेको भावनालाई खोजि दिनु
मायाको आशमा
बसेको मनलाई बुझिदिनु

कति नै समय छ र
यो गीत सुनाउनलाई
एकछिन बसि सुनि दिनु
यो शब्द शब्दमा लुकेको भावना
मनन् गरि बुझिदिनु

याद गरिदिनु
संगै गाइदिनु

हारेको त्यो मनमा
जितेको भावनालाई खोजि दिनु
मायाको आशमा
बसेको मनलाई बुझिदिनु

याद बनि दिनु
साथ बसि दिनु
याद गरिदिनु
संगै गाइदिनु

Written by:
Prashant Maharjan, Rohit Bomzan, Shakeel Tuladhar

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Bridge Nepal

View Profile