The Bridge Nepal - Akohoriye

सोँचेका सारा कुरा छन् अधुरा
मेरा हर सपना पुरा होला नहोला
तर तिमी सँधै संगै भए मेरो साथ
पुरा हुने थिए मनका हर चाहाना

दिन बितेसंगै रात बिति गयो
भावनाहरूले साथ दिलायो

तर म जीवनमा आफ्नै सोँचमा
एकोहोरिए

सँगैका साथी संगी सँगै नहोला
मेरा हर चाहना पुरा होला नहोला
गरि खान गाह्रो भयो
सोँचाईमा गरिबी छायो
मरि जाने संसार हो यो
कसले के पायो?

दिन बितेसंगै रात बिति गयो
भावनाहरूले साथ दिलायो

तर म जीवनमा आफ्नै सोँचमा
एकोहोरिए

Written by:
Rohit Bomzan

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Bridge Nepal

View Profile