The Bridge Nepal - Chautaari

हे माया मन देखि ज्यान चाँहि टाढा भो
जति टाढिए पनि मायाको रंग अझै गाढा भो
हे आमै, काखको निद न्यानो
हे बाबै, काँधको भारी बिसाउने पालो

पर्खि बस ए नानी
रातमा जुन बनी
छाइ दिउँला ए नानी
चिन्ता नलिउ आमा नी
घरको छाना बनि
छेकि दिउँला घामपानी

अँधेरी रातमा जुनको उज्यालो
दिनको घाममा त्यो सेतो बादलु
शीतल हावा र रुखको छाहारी
बनेर बसौँला सबैको चौतारी है
सधैलाई, बरि लै

हे बरै धन पाए ज्यान चाहिँ आधा भो
जति कमाए पनि मनले रोजेको चाहिँ टाढा भो
हे आमै, निदाउन भो गाह्रो
हे बाबै, संघर्ष गरि आउने बाचा भो

पर्खि बस ए नानी
रातमा जुन बनी
छाइ दिउँला ए नानी
चिन्ता नलिउ आमा नी
घरको छाना बनि
छेकि दिउँला घामपानी

अँधेरी रातमा जुनको उज्यालो
दिनको घाममा त्यो सेतो बादलु
शीतल हावा र रुखको छाहारी
बनेर बसौँला सबैको चौतारी है
सधैलाई, बरि लै

Written by:
The Bridge

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find

The Bridge Nepal

View Profile