SIGN - Aakha

सपना हजार देखने गर्छ यी आँखाले
मनमा हर्ष दिन्छ आफ्नै आशाले
जब आफ्नै जीवनमा मैले हार खाथे
झुटो खुसी देखाएर हँसाउन सक्छ के
अर्काले हेर कति निर्दयी छ मन तिम्रो
हेर्न सक्छौ के त्यो दुखीको घरबार जब हरबार
ऊ एक छाकको लागी आफ्नो संसारमा भड्किरहेको हुन्छ
तर कामकाजमै उ अड्किरहेको हुन्छ
तिमी त स्वादिष्ट भोजन खाएर आराम गर्छौ
तर उ कतिको गाली सुनेर आफ्नो थाली भर्न खोज्छ
तर प्राय उ भोको पेट सुत्छ
किनकि उसको थाली खाली हुन्छ

तिमी तिमी चड्छौ ठूला गाडीमा तर म
म बूज्छु ती पीडा हिलोमा खुट्टा गडिदा
कति खुसी हुन्छ त्यो मन सहयोगको हात मिल्दा
विचार पुराउ तिमी पनि घाँटी हेरेर हाड निल्दा
आफैलाई भन्छौ तिमी गोर्खाली
त्यही समाजमा बस्छौ तिमी फोहोर फाली
सडकमा सुत्नेलाई खाना छैन
अगाई सकेकोलाई कोचाउँछौ खा भनी
छाडदे सब कुरा पुस्तक पढ
सीप छर अनि हेर तेरो संदेश पुग्छ जहाँ पनि
आफूले पाएको खुसीमा बन तिमी शान्त नी

मलाई मलाई पनि पीडा छ भिडमा
ठूलो बासमा म अड्किराको सिनका
मनमा छ कैयै चिन्ता
ठेस लाग्छ या हिन्दा
तिमी हिम्मत न हार आफ्नैलागि उभिँदा
अनि न डराउ हुन सक्छ गडबडी
राम्रो काम गर्न खोज्दा लाग्छ यहाँ हतकडि
मनमा उत्पन्न हुन्छ कैयौँ छटपटी
कागजको नोट भएर होला साथमा परिश्रम गर्दा रोज्छै तिमी सटकत नि
बुझ्ने गर सबको हरकत नि
एक्लै रमाउन सिक तिमी हर् घडी
हिन्सा र अन्याय कति हेर्छौ तिमी अर्काको
पिडा छ मनमा मेरो सम्पन्न साथी आज अन्धो भो
केही गर आफैंलाई सन्तोष बनाई देऊ
मद्दतनै मनको दुखको अन्तय हो

Written by:
Sabin Bhatta

Publisher:
Lyrics © O/B/O DistroKid

Lyrics powered by Lyric Find